नेप्से परिसूचक ४४ अंकले घट्याे

म्युचुअल फण्ड बाहेक सबै समूहको उप-सूचक ओरालो

 चैत ४, २०७६ मंगलबार १७:२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेप्से परिसूचक आज फेरि घटेको छ ।

साेमबार ३ दशमलव ३५ अंकले बढेको परिसूचक आज मंगलबार ४४ दशमलव ३३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । म्युचुअल फण्डबाहेक आज सबै समूहको उप–सूचक घटेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उप–सूचक ४ सय २६ दशमलव ४८ अंकले घटेको छ ।

आज १ अर्ब ४६ करोड ५१ लाख रुपैयाँ बराबरका ४३ लाख ६७ हजार कित्ता शेयर किनबेच भएका छन् । साेमबारको तुलनामा कारोबार रकम पनि झण्डै १५ करोड रुपैयाँले कम भएकाे छ ।

एनआईसी एसिया बैंक लिमिटेडको आज सबैभन्दा धेरै १० करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । बजार घटेको दिन आज सिद्धार्थ
इन्स्योरेन्स लिमिटेड लगायत ५ वटा कम्पनीका सेयर लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सेयर लगानीकर्ताले भने झण्डै ८ प्रतिशत कमाएका छन् । 

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया