कोरोनाका कारण आईपीएलपछि अब पाकिस्तान सुपर लिग पनि स्थगित

 चैत ४, २०७६ मंगलबार १७:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको संक्रमण बढेपछि पाकिस्तान सुपर लिग पीएसएल अनिश्चितकालका लागि स्थगित भएको छ ।

पीएसएलले आफ्नो सोसियल मिडियामा प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि सरेको जनाएको छ । पीएसएलको लिग चरण सकिए पनि सेमिफाइनल र फाइनल खेल बाँकी रहेको थियो । तर कोरोनाको त्रासका कारण अन्तिम चरण रोकिएको हो ।

पूर्वतालिका अनुसार पहिलो सेमिफाइनलमा मंगलबार मुल्तान सुल्तान र पेसावर जाल्मीका बीच तथा दोस्रो सेमिफाइनलमा कराची किंग्स र लाहोर कलन्दर्सबीच हुने थियो । तर अब यो खेल कहिले हुने भन्ने यकिन छैन।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया