प्रदेश २ को मिथिला भोजपुरा र मध्य मधेश प्रदेश नाम पनि अस्वीकृत

 चैत ४, २०७६ मंगलबार १९:३०:३ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ को नामाकरणका लागि प्रतिपक्षी नेकपा, कांग्रेस र असन्तुष्ट सांसदहरुले प्रस्ताव गरेको नाम जारी मतदानबाट अस्वीकृत भएको छ ।

प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ र कांग्रेसको मिथिला भोजपुराको पक्षमा २८ मत ल्याएको छ भने असन्तुष्ट सांसदहरुको मध्य मधेश प्रदेशले ४२ मत ल्याएको छ । तीनवटै प्रस्तावमा दुई तिहाई मत नपुगेपछि स्वतः अस्वीकृत भएको हाे ।

अब सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त प्रस्ताव रहेको मधेश प्रदेशमा मतदान जारी रहेको छ ।

निर्वाचन प्रक्रिया अनुसार प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशबाट मतदान सुरु हुँदै मिथिला भोजपुरा, मध्य मधेश प्रदेश र मधेश प्रदेशको नाममा मतदान भएको हो । नामाकरणको मतदान सकिएलगतै स्थायी राजधानीको लागि निर्वाचन हुनेछ ।

प्रदेश सभाका सभामुख सरोजकुमार यादवको मतदानबाट मतदान साढ‍ दुई बजेदेखि सुरु भएको हो । सभामुखपछि उपसभामुख उपमा देव, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सहित क्रमशः अन्य मन्त्री र सांसदहरुले मतदान गरेका थिए ।

जुन नाम र स्थायी राजधानीमा दुई तिहाई अर्थात ७२ मत आउँछ त्यही सदर हुने र कुनै पनि प्रस्तावमा दुई तिहाई मत नआए फेरि अर्को चरणको प्रक्रियामा जाने नियम छ ।

प्रदेश २ मा १ सय ७ सांसद रहेकोमा संघीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, कांग्रेसका १९ सांसद रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

1 Comments

  • Jay kumar

    March 17, 2020, 7:57 p.m.

    Mahesh pradhesh

  •  0 Reply

तपाईको प्रतिक्रिया