स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको छ । कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएपछि बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको हो ।
कोरोना भाइरस (काेभिड–१९) काे सङ्क्रमण फैलिने डरले सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षा बुधबारसम्ममा सक्न यसअघि नै निर्देशन दिएको थियो । त्यही निर्देशन अनुसार बुधबारसम्ममा देशभरका सबै विद्यालयले परीक्षा सक्ने तयारी गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर बुधबार परीक्षा सकिएपछि विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिक नगर्न, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आम भेला नगर्न सबैसँग अनुरोध गरेको छ ।
यस्तै मन्त्रालयले घरबाहिर नजान पनि सबैसँग आग्रह गरेको छ । मन्त्रालयले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ ।
बिहीबारदेखि आउँदो १७ गते सोमबारसम्म देशभरका एक हजार ९ सय ९५ परीक्षा केन्द्रमा चार लाख ८२ हजार दुई सय १९ जनाले परीक्षा दिने तयारी छ । सात सय ५३ वटै पालिकालाई हेल्थ डेस्क राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
सरकारले कोभिड–१९ काे रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वयंसेवक परिचालनको लागि सबै पालिका र वडामा स्थानीय समन्वय समिति गठन गर्न सरकारले निर्देशन दिएको छ ।
समितिमा शिक्षक, विद्यार्थी र कर्मचारीलाई राखेर स्वयंसेवकको रुपमा परिचालन गर्न पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकालेको सूचनामा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।