४ सय ९६ जनाकाे स्वास्थ्य परीक्षण, १ जनाबाहेक अरुमा काेराेना सङ्क्रमण देखिएकाे छैन : मन्त्रालय

 चैत ५, २०७६ बुधबार ९:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा चार सय ९६ जनाकाे स्वास्थ्य परीक्षण गर्दा एक जनाबाहेक अरु सबैमा काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमण नपाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि गएको माघ ९ गते चीनबाट आएका एक जनामा कोरोना भएको पुष्टि भएको थियो । अहिले ती व्यक्ति पनि निको भएर काममा फर्किसकेकाले नेपालमा कोरोना सङ्क्रमित नरहेकाे विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

यसैबीच काठमाण्डाैको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अझै पनि चार जना आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा राखिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

अहिलेसम्म डाक्टरको निगरानीमा राखिएका ५२ जनालाई कोरोना नभएको पाइएपछि घर पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।  

साथै सरकारले कोभिड–१९ काे रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वयंसेवक परिचालनको लागि सबै पालिका र वडामा स्थानीय समन्वय समिति गठन गर्न सरकारले निर्देशन दिएको छ ।

समितिमा शिक्षक, विद्यार्थी र कर्मचारीलाई राखेर स्वयंसेवकको रुपमा परिचालन गर्न पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकालेको सूचनामा भनिएको छ ।  

   

अन्तिम अपडेट: कात्तिक २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया