यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन
फागुन १२, २०८१ सोमबार
महोत्तरी - प्रवेशपत्र दिने बहानामा विद्यार्थीसँग रकम असुल्ने प्रधानाध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
आयोगको क्षेत्रीय कार्यालय बर्दिवासले धनुषाको मिथिला नगरपालिका - २ नकटाझिँटमा रहेको जनता माध्यमिक विद्यालय प्रधानाध्यापक महेन्द्र महतोलाई विद्यालयबाटै २ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
एसईई परीक्षा २०७६ को फारम नभरेको भन्दै परीक्षार्थीसँग घुस लिइरहेको अवस्थामा प्रधानाध्यापक पक्राउ परेका हुन् । घटनास्थलमै मुचुल्का तयार पारेर महतोलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐनअनुसार उनीमाथि विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरिएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ । महतोले परीक्षा फारम भर्न छुटेका विद्यार्थीले ५÷७ हजार रुपैयाँ खर्च गरे प्रवेशपत्र उपलब्ध गराइदिने बताएका थिए ।
त्यसपछि विद्यार्थीहरुले आफूहरुले त्यति रकम तिर्न नसक्ने भनेपछि प्रअ महतोले दुई हजार रुपैयाँ माग गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।