यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिहीबारका लागि तय भएका सबै परीक्षा यथावत् सञ्चालन हुने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरी सरकारले सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि बिहीबारका लागि तय भएका त्रिवि अन्तर्गतका सबै परीक्षा सञ्चालन हुने बताएकाे हाे ।
त्यस्तै विश्वविद्यालयले शुक्रबारदेखिका परीक्षा के गर्ने भन्ने विषयमा आज अर्को सूचना निकालेर जानकारी गराउने बताएको हो ।
काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमणलाई ध्यानमा राख्दै सरकारले बिहीबारदेखि सुरु हुने भनिएकाे माध्यमिक शिक्षा परीक्षा स्थगित गरेकाे छ ।
सरकारले त्रिभुवन विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् सीटीईभीटीका परीक्षासमेत स्थगित गरेको छ ।
कोरोना भाइरसको रोकथामको लागि सरकारले चैतमा हुने त्रिवि र सीटीईभीटीका परीक्षा स्थगित गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
बिहीबार त्रिवि र सीटीईभीटीका पदाधिकारीसँग बैठक गरेर थप रणनीति तय गरिने मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।