स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा शुक्रबारदेखि चैत मसान्तसम्म हुने भनिएको बिदा आउँदो वर्षे बिदाबाट मिलान हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि सबै पठनपाठन बन्द गर्ने र अहिले दिइएको बिदालाई आउँदो वर्षे बिदाबाट मिलान गर्ने निर्णय गरेको हो । अहिले बिदामा बसेका शिक्षक, कर्मचारी र विद्यार्थीले वर्षे बिदा बस्न नपाउने परिषद्को सचिवालयका प्रवक्ता सूर्यप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
यस्तै परिषद्को बैठकले शुक्रबारका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्न केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित डिनको कार्यालयलाई निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अन्तर्वार्ता र परीक्षा कार्यक्रमका विषयमा भने सेवा आयोगले सूचना निकालेर जानकारी गराउने परिषद्ले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको डरले परीक्षा र पठनपाठन बन्द भए पनि विश्वविद्यालयको नियमित प्रशासनिक काम भने यथावत् रहनेछ ।
यसअघि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ जनाभन्दा धेरै सङ्ख्यामा भेला नहुन आग्रह गर्दै सूचना निकालेकोले त्यसैअनुसार गर्न परिषद् बैठकले छात्रावासहरुलाई पनि निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।