काेराेना भाइरसकाे कारण अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण स्थगित

 चैत ८, २०७६ शनिबार १९:३३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चितवनमा निर्माण भइरहेकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम स्थगित भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले रामपुरमा निर्माण गरिरहेकाे रङ्गशालाको काम अहिलेलाई रोकिएको हाे  । 

सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपछि अवस्था सामान्य नहुँदासम्मलाई रङ्गशालाको काम स्थगित गरिएको फाउण्डेसनले विज्ञप्तिमार्फत जनाएको छ । भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रङ्गशाला निर्माण भइरहेकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया