सम्झौता अनुसार इजरायलले कैदी रिहा नगरेको भन्दै हमासले वार्ता...
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – कोरोना भाइरस (काेराेना भाइरस) सङ्क्रमणको रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक आवागमनमा कडाइ गरे पनि भारतसँग सीमा जोडिएका विभिन्न नाकाबाट जोखिमपूर्ण आउजाउ भइरहेको छ ।
भाइरसकाे सङ्क्रमणको जोखिम कम गर्न भारतले एक हप्ताअघि नेपालसँगका चार वटा ठूला नाका मात्र खुला गर्ने निर्णय गरे पनि अरु केही नाकाबाट पनि ओहोरदोहोर रोकिएको छैन ।
भारतबाट फर्कने नेपालीको भीड बढेपछि नाकामा स्वास्थ्य जाँच पनि प्रभावकारी हुन सकेको छैन । हेल्थ डेस्क राखिए पनि स्वास्थ्य जाँच नभएको पाइएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट एकै पटक तीन हजारभन्दा धेरै यात्रु आउने गरेका छन् ।
रूपन्देहीकाे बेलहिया–सुनौली नाकाबाट पनि हरेक दिन १५ हजारभन्दा धेरै नेपाली देश फर्किरहेका छन् । काम गर्न र पढाइका लागि भारत गएकाहरु धमाधम फर्किरहेका छन् ।
बाँकेको जमुनाह नाकामा नेपाल–भारत आउजाउमा स्थानीय प्रशासनले कडाइ गरेको छ । मजदुरी गर्न आउने भारतीयलाई रोक लगाइएको छ ।
कोरोनाको जोखिम बढेसँगै नाकामा सतर्कता बढाइएको छ । भारतसँगका नाकाबाट दिनहुँ हजारौँ यात्रु आइरहेकाले कोरोनाको सङ्क्रमणको जोखिम बढेको भन्दै ती नाका पनि बन्द गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
प्रदेश नम्बर १ ले भारतसँगका दुई वटा बाहेक अन्य नाका बन्द गर्न सङ्घीय सरकारलाई आग्रह गरेको छ । भीमदत्त नगरपालिकाले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न सङ्घ सरकारसित अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।