प्रदेश १ बैठक : नेपाली नागरिक बाहेक अरुलाई नाकाबाट आउन निषेध गरिने

 चैत ९, २०७६ आइतबार १५:५४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - प्रदेश १ को सुरक्षा समिति बैठकले नेपाली नागरिक बाहेक अरु कसैलाई आफ्ना नाकाबाट आउन निषेध गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको समिति बैठकले प्रदेश १ का सबै नाकामा नेपाली बाहेक अरुलाई आउजाउमा रोक लगाइएकोे प्रदेश १ सरकारले जनाएको छ । यसैबीच प्रदेश १ सरकारले टाँडीमा रहेको २ सय क्षमताको क्वारेन्टाइनमा अनुगमन गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा भएको अनगुमनमा आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र सुरक्षा निकाय सहभागी थिए ।

यस्तै अवस्था कसरी सहज बनाउने भन्नेबारे अहिले प्रदेश १ को सचिवस्तरीय बैठक बसिरहेको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

1 Comments

  • Dikindra Basnet

    March 22, 2020, 5:02 p.m.

    निर्णय त राम्राे छ, तर कहिले सम्मलाई हाे ?

  •  0 Reply

तपाईको प्रतिक्रिया