ठूला होटल बन्द नहुने, अत्यावश्यक बाहेकका कर्मचारीलाई एक महिना बिदा

 चैत ९, २०७६ आइतबार १९:३७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ठूला तथा तारे होटल बन्द नहुने भएका छन् ।

होटल एसोसिएसन अफ नेपाल हान र मजदुर संगठनका प्रतिनिधिबीच आइतबार भएको छलफलपछि होटल बन्द नगर्ने र अत्यावश्यक बाहेकका कर्मचारीलाई एक महिना बिदा दिने सहमति भएको होटल एसोसिएसनले जनाएको छ ।

होटलमा खटिने कर्मचारी मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जाको प्रवन्ध सहित काममा खटिने छन् ।  हरेक १५ दिनमा समीक्षा वैठक गर्ने र आवश्यक परेमा यो निर्णय हेरफेर गर्ने पनि सहमती भएको छ ।

यस्तै अहिले कर्मचारीलाई दिइएको बिदा सञ्चित बिदाबाट कटौती गर्ने र सञ्चित बिदाको समय सकिएका कर्मचारीको बिदालाई अग्रिम बिदामा समायोजन गर्ने पनि सहमति भएको छ । 

होटल र मजदुरले कोरोनाको कारण होटल र मजदुरमा परेको असरका बारेमा सरकारलाई जानकारी गराएर राहत र सुविधाको पनि माग गर्ने भएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया