खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - कोरोना भाइरसका कारण आईसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नामिबियामा हुने सिरिज स्थगित भएको जनाएको हो । आईसीसीले विज्ञप्ति निकालेर जुन ३० तारिखसम्मका लागि सबै प्रतियोगिता स्थगित गरिएको जनाएको हो ।
कोरोनाका कारण आईसीसीको मुख्यालय समेत बन्द भएको छ । नेपालले खेल्ने सातौं चरणको सिरिज अप्रिल २० देखि २७ तारिखसम्म नामिबि हुने तय थियो । जसमा नेपाल, नामिबिया र स्कटल्याण्ड खेल्ने थिए ।
नामिबियामा पनि कोरोनाको संक्रमण बढिरहेको छ । यसअघि स्कटल्याण्ड क्रिकेट संघले सिरिज सार्नका लागि पत्राचार गरेको थियो । प्रायः सबै देशले यात्रु आवतजावत गर्न बन्द गरेको अवस्थामा सिरिज सार्नुपर्ने भन्दै स्कटल्याण्ड क्रिकेट संघले स्थगित गर्न माग गरेको थियो ।
हालका लागि स्थगित भएको यो सिरिज आगामी सेप्टेम्बरमा हुने आईसीसीले जनाएको छ । खेलको मिति भने तय गरेको छैन । यो प्रतियोगितामा नेपालले मात्र चार खेल खेलेको छ । जसमा दुई जित र दुई हार ब्यहोरेको छ ।
लिगको शीर्ष स्थानमा ओमान रहेको छ । आईसीसीले यसअघि छौटो चरणको सिरिज पनि स्थगित गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।