च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं – नेपाल एपीएफ क्लबका दिपेश धामी काठमाडौंमा जारी अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिण्टनको तीन स्पर्धाको फाइनलमा पुगेका छन् । धामी पुरुष सिंगल, डबल र मिक्स्ड डबल्सको फाइनलमा पुगेका हुन् ।
राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलहरुमा पुरुष सिंगलतर्फ एपीएफका धामीले बंगलादेशका मोहम्मद सलमान खानलाई २१–१५ र २१–१३ को सोझो सेटमा हराए । फाइनलमा धामीले सिल्कका प्रिन्स दाहालसँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्सले आर्मीका रुकेश महर्जनलाई २१–१४ र २१–१६ ले हराउँदै धामीसँगको उपाधि भेट पक्का गरेका हुन् ।
धामीले पुरुष डवल्समा पनि एपीएफकै विजित थापामगरसँग मिलेर गण्डकी प्रदेशका विशाल बस्नेत र बिधान अधिकारीको जोडीलाई २१–१३ र २४–२२ को सेटमा हराए । भारतका रञ्जन बुरागोइन र अञ्जान बुरागोइनको जोडीले पनि बाँकेका रियाज अन्सारी र इरफान अन्सारीको जोडीलाई २१–९ र २१–१७ को सेटमा हराउँदै फाइनलमा पुगे ।
त्यस्तै मिक्स डवल्सतर्फ एपीएफकै पूजा श्रेष्ठसँग मिलेर धामीले आर्मीका अमृता गिरी र सुरोज महर्जनको जोडीलाई २१–१६ र २१–१६ को सेटमा हराउँदै फाइनलमा पुगे । यस स्पर्धामा आर्मीका नङल तामाङ र प्रफुल महर्जनको जोडीले पनि भोजपुरका सीता राई र निर बिक्रम देवकोटालाई २१–१२ र २१–१६ को सेटमा हराउँदै फाइनलमा पुगे ।
मिक्स डबल्समा विजयी भए पनि नङशलले महिला एकलमा भने आफ्नै बिभागकी रशिला महर्जनसँग पराजय २१–११ र २४–२२ को सेटमा पराजय व्यहोरिन् । यस स्पर्धाको अर्को सेमिफाइनलमा आर्मीकी अमृता गिरीलाई पाकिस्तानकी शाहजाद माहूरले २१–११ र २१–९ को सेटमा पराजित गरिन् ।
यू–१९ ब्वाइजको उपाधिका लागि आर्मीका प्रफुज महर्जन र सिल्कका प्रिन्स दाहाल भिड्ने भएका छन् । सेमिफाइनलमा प्रफुलले आर्मीकै प्रविन लिङथेप र प्रिन्सले पनि आर्मीकै रुकेश महर्जनलाई पराजित गरे ।
यू–१९ गर्ल्सको फाइनलमा भने पुलिसकी जेसिका गुरुङ र आर्मीकी रशिला महर्जन् भिड्दैछन् । सेमिफाइनलमा जेसिकाले प्रदेश १ कि नीता लम्साल र रशिलाले कञ्चनपुरकी रञ्जना भट्टलाई पराजित गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।