‘लकडाउन’ उल्लङ्घन गर्ने एक सय ३४ वटा गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा

 चैत १५, २०७६ शनिबार २१:४१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट ‘लकडाउन’ उल्लङ्घन गर्ने एक सय ३४ वटा गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार एक सय २५ वटा मोटरसाइकल र ९ वटा चार पाङ्ग्रे गाडी सहित एक सय ३४ वटा गाडी नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसअघि शुक्रबार लकडाउन उल्लङ्घन गर्ने दुई सय १६ वटा गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथामको लागि लकडाउन गरिएकाले पालना गर्न प्रहरीले अनुरोध गरेको छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सिङ्गो परिवार र आफन्तको लागि लकडाउन पालना गर्न सरकारले आग्रह गर्दै आएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया