च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं – पाको नेपाल क्योकुसिन कराते संघले नेपाली खेलकुद पत्रकारितामा चार दशकदेखि क्रियाशील श्याम चित्रकारलाई सम्मान गरेको छ । नेपाल टेलिभिजनका पहिलो क्यामेरापर्सन समेत रहेका चित्रकारलाई संघले ताम्रपत्रसहित सम्मान गरेको हो ।
७७ वर्षीय चित्रकार अहिले पनि नेपाली खेलकुदमा फोटो र भिडियो पत्रकारका रुपमा कृयाशिल छन् । उनी स्पोरट्स न्युज पोर्टल नेप्लेज डटकमका सल्लाहकार पनि हुन् ।
पाको–नेपाल क्योकुसिन कराते संघले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री सेमिनारको समापनका अवसरमा चित्रकारसँगै अन्य व्यक्तिलाई पनि सम्मान गरिएको थियो । नेपाल खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, एभिन्युज टेलिभिजनका क्यामरापर्सन रवीन्द्रप्रसाद श्रेष्ठ लगायतलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ताम्रपत्र प्रदान गरेका थिए ।
दुई दिने प्रशिक्षणमा डेनमार्कबाट आएका दुई जना प्रशिक्षकले नेपाली खेलाडी तथा रेफ्रीलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षक फ्लेमिङ जिन्जेन सर्टर र केइज जुसी जेसेनले खेलाडी तथा रेफ्रीलाई प्रशिक्षण दिए । सेमिनारमा पचासभन्दा बढी खेलाडी तथा रेफ्रीको सहभागिता थियो । प्रशिक्षकले खेलाडीहरुलाई आत्मरक्षाका विभिन्न शैलीहरुको प्रशिक्षण दिएका थिए । यस्तै रेफ्री उत्पादन गर्ने उद्धेश्यले आयोजित सेमिनारमा युवा खेलाडीहरुलाई खेल खेलाउँदा अपनाउनु पर्ने विभिन्न सतर्कताको बारेमा प्रशिक्षण दिएका थिए ।
संघले यसअघि पनि राष्ट्रिय स्तरको प्रशिक्षण सेमिनार आयोजना गरिसकेको अवस्थामा अन्तर्राराष्ट्रिय प्रशिक्षकको प्रशिक्षणबाट खेलाडी र प्रशिक्षकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।