प्रहरीको नयाँ कारबाही योजना सुरु, एकैदिन २ हजार ५ सय ७८ जना होल्डमा

 चैत १६, २०७६ आइतबार १७:२९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा लकडाउन उल्लंघन गर्ने २ हजार भन्दा धेरै जनालाई प्रहरीले होल्ड गरेको छ ।

उपत्यकाबाट आइतबार एकै दिन २ हजार ५ सय ७८ जनालाई होल्ड गरेको प्रहरीले जनाएको छ । काठमाण्डौबाट १७ सय २, ललितपुरबाट ८२९ र भक्तपुरबाट ४७ जना होल्ड भएका प्रहरीले जनाएको छ ।

उनीहरु मध्ये केहीलाई सम्झाइ बुझाइ गरी छाडिएको छ भने केहीलाई सम्झाउने काम भइरहेको प्रहरीले जनाएको छ । यस्तै  प्रहरीको लकडाउन उल्लंघन गर्ने गर्ने १९१ वटा गाडीलाई नियन्त्रणमा लिएको छ। १ सय ८४ वटा दुई पाङग्रे र अरु चार पाङग्रे गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया