प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – मिर्गाैलामा समस्या देखिएपछि उपचारका क्रममा रहेका कीर्तिपुर मैदानमा काम गर्ने जयबहादुर तामाङ (सेते दाइ) को निधन भएको छ ।
गएको फागुन २८ गते मिर्गालामा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । वीर अस्पतालमा भर्ना हुनुअघि उनले स्टार हस्पिटलमा पनि जाँच गराएका थिए ।
झण्डै १५ वर्ष कीर्तिपुर क्रिकेट मैदानमा स्टाफका रुपमा काम गरेका उनको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग पनि उठेको थियो । सिप्यानले उनको उपचारका लागि राम्रो रकम दिएको थियो ।
यस्तै नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले पनि आर्थिक सहयोग जुटाउन पहल गरेको थियो । केही रकम हस्तान्तरण पनि गरेको थियो ।