खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
कोरोना भाइरसको असर यतिबेला अष्ट्रेलियन क्रिकेट खेलाडीको सम्झौतामा पनि परेको छ ।
कोरोनाका कारण असामान्य अवस्था सिर्जना भएपछि अष्ट्रेलियन क्रिकेट खेलाडीको केन्द्रीय सम्झौता अनिश्चित बनेको छ । यसका साथै खेलाडीको प्रदेश र बिग ब्याशसँगको सम्झौता पनि अनिश्चित भएको छ ।
गएको शुक्रबार बोर्डले अप्रिल ३० अर्थात सोमबारका लागि खेलाडीसँग केन्द्रीय सम्झौता गर्ने बताएको थियो । तर कोरोनाका कारण त्यो सफल हुन सकेन । यस्तोमा बिग ब्याश क्रिकेट लिग कोरोनाका कारण केही हेरफेर हुने बताएको छ ।
अष्ट्रेलियन क्रिकेट बोर्डले पनि अहिले सबैतिर अवस्था सामान्य नभएकाले तत्काल बिग ब्याश गर्न कठिन रहेको जनाएको छ । कोरोनाका कारण अष्ट्रेलियामा सबै क्रिकेट गतिविधि अहिले बन्द छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।