विश्व कप फाइनलमा लगाएको टी-शर्ट लिलामी गर्दै जोस बटलर

 चैत १९, २०७६ बुधबार १०:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इङ्गल्याण्ड क्रिकेट टिमका वीकेटकीपर ब्याट्सम्यान जोस बटलरले सन् २०१९ को विश्व कपको फाइनलमा आफूले लगाएको टी-शर्ट लिलामी गर्ने बताएका छन् ।  

जोस बटलर लण्डनको एक अस्पतालको लागि रकम सङ्कलन गर्न चाहन्छन् र यसका लागि उनले कैयौँ भारतीय खेलाडीसँग सहयोग मागेका छन् ।  

बटलरले ट्वीट गर्दै यो कुराको जानकारी दिएका हुन् । टी-शर्ट लिलामी प्रक्रियामा सहभागी हुनका लागि उनले लिङ्क पनि दिएका छन् ।

बटलरले ट्विटरमा भिडियो पोस्ट गर्दै भनेका छन्, 'म विश्व कपको फाइनलमा लगाएको टी-शर्ट लिलामी गर्दैछु, यसबाट प्राप्त हुने रकम रोयल ब्रम्पटन र ह्यारीफिल्ड अस्पताललाई दान दिइनेछ । गएको हप्ता यी अस्पतालले कोभिड १९ विरुद्ध लड्न स्वास्थ्य उपकरणको माग गरेका थिए ।'

एकदिवसीय विश्व कप फाइनलमा बटलरले ५९ रन बनाएका थिए । फाइनलमा इङ्गल्याण्ड र न्युजिल्याण्डबीचको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेको थियो, सुपर ओभरमा पनि बराबरी भएपछि बाउन्ड्रीका आधारमा इङ्गल्याण्ड विजयी भएको थियो ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया