गण्डकी प्रदेश आपतकालीन कोषमा ६३ लाख  रुपैयाँ जम्मा

 चैत १९, २०७६ बुधबार १६:३:३९ | रासस
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्ले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपत्कालीन कोषमा विभिन्न  संघ संस्थाले हालसम्म झन्डै ६३ लाख रुपैयाँ जम्मा गरेका छन् ।

वित्तीय संस्था, एनप्याब्सन, युवा क्लब, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समिति, निजामती कर्मचारी संगठन, नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशसभा संसदीय दल तथा सरकारले नियुक्त गरेका पदाधिकारीबाट गरी हालसम्म रु ६२ लाख ५६ हजार ७ सय ५२  कोषमा जम्मा भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो । 

कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु १५ करोडको कोष स्थापना गर्ने र  त्यसमा प्रदेशमन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय भइ कोषका लागि प्रदेशसभा सदस्य, निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, व्यापारी, व्यवसायीलगायतलाई आग्रह गरिएको थियो । 

प्रदेश सरकारले कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको कोरोना भाइरस रोकथाम आपत्कालीन खाता नं ३०२००१८८३०१ मा जम्मा गरेर सहयोग गर्न मुख्यमन्त्रीले सबैमा अपिल गर्नुभएको छ । कोषबाट कोरोना नियन्त्रणका लागि खर्च गर्ने काम पनि भइरहेको थाहा भएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया