उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको शीर्ष ५० मा मेस्सी अटाएनन्

 चैत २१, २०७६ शुक्रबार ७:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सन् २०२० मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको नामावली सार्वजनिक भएको छ ।

फुटबल अब्जरभेटरी नामक खोजकर्ताले सार्वजनिक गरेको यो वरीयता क्रममा लियोनल मेस्सी शीर्ष ५० मा पनि अटाउन सकेनन् ।

फुटबल अब्जरभेटरीले खेलाडीको प्रदर्शनको विश्लेषण गर्दै आएको छ । पछिल्लो तीन महिनामा खेलाडीले मैदानमा गरेको व्यक्तिगत प्रदर्शन र टिमका लागि गरेको योगदानमा आधारित रहेर यो नतिजा निकालेको हो ।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा लियोनल मेस्सी ५२ औँ स्थानमा छन् भने क्रिस्टियानो रोनाल्डो २७ औँ स्थानमा छन् ।

यो सूचीमा लिभरपुलका कप्तान जोर्डन हेन्डरसन शीर्ष स्थानमा छन् । उनको रेटिङ ९३ प्रतिशत छ । दोस्रो स्थानमा पीएसजीका प्रिस्नेल किम्पेम्बे र बायर्न म्युनिकका थियागो अल्कन्टरा छन् । 

पीएसजीकै एन्गल डी मारिया १० औँ स्थानमा छन् ।

लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक १३ औँ स्थानमा छन् भने मोहम्मद सलाह १६ औँ स्थानमा छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया