लकडाउन अवज्ञा गर्ने ४ सय ७ गाडी ट्राफिक प्रहरीको कारबाहीमा

 चैत २१, २०७६ शुक्रबार २१:२२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउनको अवज्ञा गर्ने ४ सय ७ गाडीलाई आज काठमाण्डौ उपत्यकाका विभिन्न ठाँउबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।       

सरकारले लागू गरेको  लकडाउन अवज्ञा गर्ने ३ सय ७३ ओटा २ पाङ्ग्रे र ४३ ओटा चार पाङ्ग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अनुमति नलिइ आफूखुशी चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नियन्त्रणमा लिएका सवारी साधन राति समय मिलाएर ट्राफिक प्रहरीले छोड्ने गरेको छ । सवारी साधन नियन्त्रणमा लिए पश्चात त्यसमा सवार व्यक्तिलाई भने ट्राफिक प्रहरीले जनपद प्रहरीको जिम्मा लगाउँदै आएको छ ।

लकडाउनको अवधिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अन’मति लिएका सवारी साधन मात्र चलिरहेका छन् । अन्य सवारी साधन चलाउन भने निषेध गरिएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया