काेभिड १९ : विश्वभर १५ लाखभन्दा धेरै सङ्क्रमित

 चैत २७, २०७६ बिहिबार ७:१९:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) का कारण विश्वभर १५ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसकाे सङ्क्रमण फैलिँदा १५ लाख ९ हजार दुई सय ४४ जनामा कोरोना पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये तीन लाख २९ हजार ६ सय ३२ जना उपचारपछि निको भएका छन् भने १० लाख ९१ हजार दुई सय ८५ जनाको उपचार भइरहेकाे छ । त्यस्तै ८८ हजार तीन सय ३७ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै १८ सयभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या साढे १४ हजार नाघेको छ । अमेरिकामा चार लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

यस्तै इटलीमा सबैभन्दा धेरै साढे १७ हजारभन्दा धेरै, स्पेनमा साढे १४ हजारभन्दा धेरै, फ्रान्समा साढे १० हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा पनि काेराेना सङ्क्रमणका कारण १ सय ५० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै झण्डै ६ हजार मानिसमा कोरोना सङ्क्रमण भएको जनाएको छ ।

यसैबीच भारतमा दिल्ली सरकारले घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क (मुखावरण) लगाउनुपर्ने आदेश दिएको छ । यस्तै दिल्ली र उत्तर प्रदेश सरकारले कोरोनाको बढी सङ्क्रमण देखिएको क्षेत्र बन्द गर्ने घोषणा गरेको छ ।

आगराको २२, गाजियावादकाे १३, नोएडा र कानपुरको १२ तथा वाराणसीको चार क्षेत्रलाई बन्द गर्ने सूचीमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सम्बन्धित समाचार

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया