सारिएको मितिमा पनि टोक्यो ओलम्पिक हुनेमा शंका

 चैत २९, २०७६ शनिबार १०:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी बढेसँगै यसै वर्ष आयोजना हुनुपर्ने टोक्यो ओलम्पिक एक वर्षलाई सारिएको छ ।

अन्य खेलकुदका प्रतियोगिताहरु पनि धमाधम स्थगित भएका छन् ।

टोक्यो ओलम्पिक यसै वर्ष हुनुपर्नेमा अर्को वर्ष सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म गर्नेगरी मिति तय भएको छ । तर, टोक्यो ओलम्पिक सारिएको मितिमा पनि आयोजना हुनेमा पनि आशंका गरिएको छ ।

टोक्यो ओलम्पिकका मुख्य कार्यकारी अधिकृत ताशिरो मुटोले प्रतियोगिता हुनेमा आशंका व्यक्त गरेका छन् । उभनले भने, ‘सारिएको मिति २०२१ मा पनि प्रतियोगिता हुने कुनै ग्यारेन्टी छैन ।’ 

जापानका प्रधानमन्त्री सिन्जो आवेले यसअघि यसै वर्ष ओलम्पिक हुने विश्वास व्यक्त गर्दै आएका थिए । जसकाका कारण ओलम्पिक टर्च र्यालीसमेत सुरु भइसकेको थियो । एथेन्सबाट जापानमा टर्च पनि आइसकेको अवस्थामा बढ्दो कोरोनाको महामारीका कारण सरकारले अहिले आपतकाल पनि घोषणा गरेको छ ।

आपतकाल घोषणाअघि नै ओलम्पिक एक वर्ष पर सारिएको थियो । यदि जुलाईसम्ममा कोरोना भाइरसमाथि सफलता हासिल गर्न नसकिए तयारीका लागि पनि समय अपर्याप्त हुने बुझिएको छ । अर्को बवका लागि सारिएको ओलम्पिकको केही खेलका छनोट लगायतका कुराहरु अझैं बाँकी रहेका छन् ।

ओलम्पिक मुख्य कार्यकारी अधिकृत मुटोले अहिले नै अर्को वर्षको ओलम्पिकबारे स्पष्ट जवाफ दिने बेला नआएको बताए ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया