नेपाली कामदारबाट चर्को असुली रोक्न मलेसियाको पहल, कामदार नरोक्न आग्रह

 साउन १३, २०७५ आइतबार ६:३०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - मलेसिया सरकारले नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुली रोक्न पहल गरिने बताएको छ । मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरनले नेपाली कामदारमाथि विभिन्न कम्पनीहरु खडा गरी चर्को आर्थिक असुली गर्ने लगायतका समस्या पहिलेको सरकारले गरेका निर्णयहरु भएको बताउँदै यसलाई रोक्न तयारी भैरहेको बताउनुभएको हो ।

उहाँले तेस्रो पक्षीय कम्पनीले एकतर्फी रुपमा कामदारलाई अनावश्यक रुपमा रकम असुलेको बारेमा मलेसियाको सरकार जानकार रहेको भन्दै यसको समाधान खोजिने बताउनुभएको छ । यो निर्णय अघिल्लो सरकारकै पालामा भएको भन्दै उहाँले यसलाई हटाउन पहल गर्ने पनि बताउनुभएको छ ।त्यसका लागि दुई हप्तादेखि नेपाली पक्षसँग कुराकानी भइरहेको भन्दै उहाँले सोमबार यसमा फेरि नेपाली पक्षसँग छलफल गरिने पनि बताउनुभएको छ ।

उहाँले मलेसियामा नेपाली कामदारले देखाएको बहादुरी र इमान्दारिताको प्रशंसा गर्दै पछिल्लो समय देखिएको समस्या समाधान गर्न दुई देशका सरकारबीच सम्झौता गरेर अर्थात जी टु जी प्रणालीमार्फत कामदार ल्याउने व्यवस्था गर्ने पनि बताउनुभएको छ । 

उहाँले आफ्ना कामदार मलेसिया नपठाउने निर्णय पुनर्विचार गर्न नेपाललाई आग्रह पनि गर्नुभएको छ । नेपालले आफ्ना कामदार पठाउन रोक लगाएपछि मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले कामदारलाई मार परेको समस्या समाधानका लागि मलेसिया सरकारले पहल गर्ने भन्दै निर्णय पुनर्विचार गर्न नेपाललाई आग्रह गर्नुभएको हो । 

उहाँले मलेसियाका धेरै उद्योग विदेशी कामदारमै निर्भर रहेको भन्दै कामदार पठाउने देशको यस्तो निर्णयले मलेसियाको प्रगतिमै असर पर्ने पनि बताउनुभएको छ । 

नेपालले मलेसिया जाने नेपाली कामदारको भिसा प्रक्रिया र स्वास्थ्य जाँचमा रहेको सिण्डिकेट तोड्दै मलेसियाले विकल्प नदिएसम्म कामदार पठाउन नसक्ने भन्दै रोक लगाएपछि मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरनले त्यसको पनि विकल्प खोजिरहेको बताएको त्यहाँको स्थानीय द स्टार अनलाइनले उल्लेख गरेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Puskar kadka

    July 30, 2018, 3:50 a.m.

    छिटो खोलिदिए हुने /

  •  0 Reply

तपाईको प्रतिक्रिया