वाग्मती प्रदेश सरकारले विशेषज्ञसहित १६६ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने

 चैत ३०, २०७६ आइतबार १४:३८:४८ | रासस
unn.prixa.net

काठमाण्डाै – वाग्मती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो । प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने गरी करारमा कर्मचारी भर्ना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नवौँ तहमा काम गर्ने गरी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तीन, हाडजोर्नी विशेषज्ञ तीन, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट पाँच, कन्सल्टेन्ट जनरल फिजिसियन चार, कन्सल्टेन्ट डर्माटोलोजिस्ट एक, कन्सल्टेन्ट पिडियाट्रिसियन चार, कन्सल्टेन्ट प्याथोलोजिस्ट दुई, कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट एक, कन्सल्टेन्ट रेडियोलोजिस्ट पाँच, कन्सलटेन्ट सर्जन पाँच, कन्सल्टेन्ट साइक्याट्रिक पाँच, जनस्वास्थ्य प्रशासक र शिक्षा स्वास्थ्य प्रशासक दुई–दुई र नर्सिङ प्रशासक एक जनाको विज्ञापन प्रकाशन गरेको छ ।

त्यस्तै आठौँ तहका लागि मेडिकल अधिकृत १७, दन्त चिकित्सक दुई, आयुर्वेद चिकित्सक तीन जनाका लागि दरखास्त आह्वान गरिएको छ । मन्त्रालयद्वारा प्रकाशित विज्ञापनमा सातौँ तहमा नर्सिङ अधिकृत, फिजियो थेरापिस्ट र फार्मेसी अधिकृत दुई–दुई, मेडिकल ल्याब टेक्नोलोजिस्ट छ, कनिष्ठ नर्सिङ अधिकृत तीन, जनस्वास्थ्य अधिकृत १०, बायोमेडिकल इञ्जिनियर एक जना माग गरिएको छ ।

त्यस्तै पाँचौँ तहका लागि डेन्टल हाइजेनिस्ट, एनेस्थिेटिक सहायक, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन, मेडिकल रेकर्डर सुपरभाइजर, सहायक डाइटिसियन, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियनको माग गरिएको छ भने चौथो तहका लागि अनमी, अहेब र ल्याब सहायकको माग गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया