पाकिस्तानी पूर्व क्रिकेटर जफर सरफराजकाे निधन

 बैशाख २, २०७७ मंगलबार १०:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानका पूर्व क्रिकेटर जफर सरफराजको निधन भएको छ । जफर पाकिस्तानका पहिलो श्रेणीका पूर्व क्रिकेटर हुन् । 

गएकाे अप्रिल ७ तारिखमा उनमा कोरोना भाइरस (काेभिड १९) पाेजेटिभ देखिएकाे थियाे । उनलाई पेशावरको एक अस्पतालमा तीन दिनसम्म भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे । तर साेमबार निधन भएको जनाइएको छ ।

सरफराजले सन् १९८८ देखि १९९४ सम्म १५ प्रथम श्रेणी तथा १९९० देखि १९९२ सम्म ६ वटा लिस्ट ए गेम खेलेका थिए । उनी लेफ्ट आर्म स्पिन बलर पनि हुन् । उनी पेशावरको यु–१९ तथा सिनियर टिमका प्रशिक्षक पनि भएका थिए । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया