पूर्व राष्ट्रिय खेलाडीको निधन

 बैशाख २, २०७७ मंगलबार १३:५४:१६ | उज्यालो सहकर्मी

कञ्चनपुर - फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थ्रेसिङ गर्ने क्रममा सोमबार राति निधन भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका ५ बनगाउँका चन्दको ट्र्याक्टरले गहुँ थ्रेसिङ गर्ने क्रममा पट्टामा बेरिएर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पौडेलले जानकारी दिनुभयो ।

मतृक चन्दको शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याइएको छ भने चालक र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया