स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै– नेपाल टेलिकमले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण भए/नभएको जानकारी दिन विशेष सेवा सुरु गरेको छ ।
टेलिकमका प्रयोगकर्ताले *१४१९# डायल गरेर सही उत्तर दिएमा कोरोनाको सम्भावित सङ्क्रमित पत्ता लगाइदिनेछ । मङ्गलबारदेखि प्रयोगमा आएको यो सेवाले सङ्क्रमित पत्ता लगाउन सहयोग पुग्ने र सम्भावित सङ्क्रमितलाई सरकारीस्तरबाटै फोन गर्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।
*१४१९# डायल गरेमा ज्वरो आए/नआएको, खोकी लागेकाे/नलागेकाे, श्वास फेर्न गार्हो भए/नभएको, आफू या परिवारका सदस्य विदेशबाट आए/नआएको उत्तर दिनुपर्छ । हरेक प्रश्नको उत्तरमा १ र २ नम्बर थिच्ने विकल्प दिइएको छ ।
यसरी आएका उत्तरलाई वर्गीकरण गरेर कोराेनाको सम्भावनाको शङ्का गरिएकाको नम्बर कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा पठाउने र उतैबाट ग्राहकलाई फोन आउने टेलिकमले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
kp
April 15, 2020, 8:35 a.m.good idea