न्युजिल्याण्डकी प्रधानमन्त्रीले २० प्रतिशत कम पारिश्रमिक लिने

 वैशाख ३, २०७७ बुधबार ९:२८:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डेर्नले आफू र आफ्ना मन्त्रीहरुले आउँदो ६ महिनासम्म २० प्रतिशत कम पारिश्रमिक बुझ्ने बताएकी छिन् । 

कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण रोजगारी गुमाएका र तलबमा कटौती भएकाहरुका समर्थनमा यस्तो घोषणा गरेको प्रधानमन्त्री आर्डेर्नले बताइन् । 

आर्डेर्नको वार्षिक पारिश्रमिक दुई लाख ८५ हजार अमेरिकी डलर रहेको छ । साथै उनले निजी क्षेत्रका वरिष्ठ अधिकारीहरु र अन्य राजनेताहरुको पनि पारिश्रमिक कटौती गरिने बताएकी छिन् । 

न्युजिल्याण्डमा कोरोना भाइरस फैलिएको सुरुवाती चरणमा नै लाकडाउन गरेर नियन्त्रणमा लिन सकेको भन्दै विश्वभरि उनको नेतृत्वको प्रशंसा भएको थियो । 

न्युजिल्यान्डमा अहिलेसम्म एक हजार तीन सय ८६ जनामा सङ्क्रमण देखिएको छ भने ९ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया