‘अर्थ मन्त्री सनसिटी अपार्टमेन्ट जानुभएकै छैन’

 वैशाख ३, २०७७ बुधबार १२:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को बिरामी भेटिएको सनसिटी अपार्टमेन्टमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडा नगएको सचिवालयले दाबी गरेको छ । खतिवडाका प्रेस संयोजक यमन पौड्यालले अर्थ मन्त्री अपार्टमेन्टमा नगएको भन्दै आराेपकाे खण्डन गर्नुभएकाे छ  । 

अर्थ मन्त्री खतिवडाका छोरा अपार्टमेन्टको आन्तरिक समितिका पदाधिकारीको लागि चुनावमा उठेको र खतिवडा त्यहाँ पुगेको विभिन्न सञ्चारमाध्यम र सामाजिक सन्जालमा आएपछि सचिवालयले त्यसको खण्डन गरेको हो । 

खण्डन यस्तो छ–

(सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चैत ८ गते भएको भनिएको निर्वाचनमा मा. अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू सहभागी हुनुभएको छैन । पछिल्ला समय उहाँ कुनै पनि सार्वजनिक कार्यक्रम तथा भेलाहरुमा समेत सहभागी हुनुभएको छैन । उहाँ निवास, सिंहदरबार र बालुवाटारका काममा मात्र व्यस्त हुनुभएको छ । मन्त्रीज्यू आफैमा मुटुको बिरामी भएको हुदाँ स्वास्थ्यका विषयमा निकै सजक हुनुहुन्छ । निर्वाचित समितिलाई बधाइ दिन जानुभएको विषयमा कुनै सत्यता नभएको जानकारी गराउँछु ।) 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया