स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ – एनसेल प्रालीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस सङ्क्रमितहरुको पहिचानमा सहयोग पुर्याउन बुधबार (वैशाख ०३) देखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण सुरु गरेको छ ।
यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोना भाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिति अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन् ।
प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझावसहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ मा एसएमएस प्राप्त हुन्छ । हटलाइन नम्बरमा कोरोना भाइरससम्बन्धी चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ ।
यदि सर्वेक्षणमा भाग लिएको कोहीमा सङ्क्रमणको आशङ्का भएमा तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएसमार्फत सुझाव दिइन्छ । यसरी सङ्क्रमणको शङ्का गरिएकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ । सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाई कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउनु रहेको एनसेलले जनाएको छ ।
‘कोरोना भाइरसविरुद्धको हाम्रो यो सामूहिक लडाइँका साथै देशमा रहेका हाम्रा सबै ग्राहकको सेवा सुनिश्चित राख्न हामी प्रतिबद्ध छौँ । हाम्रो पूर्वाधार र प्लेटफर्म प्रयोग गर्दै ग्राहकमाझ ल्याइएको यो सर्वेक्षणले ग्राहकलाई आफूमा कोराको जोखिम भए÷नभएको आफै थाहा पाउन मद्दत गर्छ । सरकारलाई यस डाटाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ । यस विपद्को घडीमा हामी सबैले आ–आफ्नोतर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ, गर्नुपर्दछ र हामी आफ्ना एक करोड ७० लाखभन्दा बढी ग्राहक र साझेदारको सुस्वास्थ्यको लागि हामी प्रतिबद्ध छौँ‘, एनसेलका प्रमुखकार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।
पहिलो पाइलट सर्वेक्षणका रुपमा एनसेलले जनकपुरमा यो सर्वेक्षण गरी चैत्र २१ मा पूर्व तथा सुदूरपश्चिममा पनि सुरु गरेको थियो । यही सर्वेक्षणका आधारमा प्रत्येक उत्तरदातालाई उसकोे स्वास्थ्य अवस्था अनुसार अपनाउन पर्ने उपयुक्त सल्लाहसहितको एसएमएस पठाइएको थियो र निःशुल्क सरकारको हेल्पलाइन र एनसेलको हटलाइनबाट डाक्टरसँग कोरोना भाइरससम्बन्धी परामर्श लिन सकिनेबारे जानकारी गराइएको थियो । विपद् प्रतिकार्य अन्तर्गत एनसेलले सरकारको तथा आफ्नो हेल्पलाइनको नम्बरहरुमा निःशुल्क कल गर्न सकिने बनाइसकेको छ ।
एनसेलले सरकारकोे कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ पनि दिइसकेको छ । यो सहयोगले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वरण्टीनका साथै सङ्क्रमित बिरामीको उपचारमा उपयोग पुग्ने एनसेलले विश्वास लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।