काेराेनाकाे कारण मनाेसामाजिक समस्या बढ्दाे, समूहमा बस्न र मनमा लागेका कुरा साटासाट गर्न सुझाव

 वैशाख ५, २०७७ शुक्रबार ९:३०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) काे कारण मानिसमा मानसिक तनाव उत्पन्न हुन थालेको अध्ययले देखाएको छ ।

'शेयरकास्ट इनिशियटिभ नेपाल'ले गरेको अध्ययनले मानिसमा कोरोना सङ्क्रमण र त्यसपछि उत्पन्न परिस्थितिका कारण बेचैनी, डर, चिन्ता, उदासिनता र दिक्दारी बढेको देखाएकाे हो ।

अध्ययनमा समेटिएका १५ सय सात जनामध्ये ४२ प्रतिशतलाई कम्तीमा एउटा र २६ प्रतिशतलाई दुई वा त्योभन्दा धेरै मनोसामाजिक समस्या रहेको पाइएको थियो ।

यस्तै २० प्रतिशतले बेचैनी भएको बताए पनि अरुमा भने डर, चिन्ता र उदासिनता बढेको पाइएको छ । तर यसबीचमा सरकारले गरेको प्रयासप्रति भने सन्तुष्ट रहेको अध्ययनले बताएकाे छ । 

कोरोनाका कारण मनोसामाजिक समस्या बढेको पाइएकाले यी समस्या घटाउन सरकार र सम्बन्धित निकायले छिट्टै ठाेस कदम चाल्नुपर्नेमा पनि अध्ययनले जोड दिएको छ ।

बढ्दो मानसिक समस्या तनाव कम गर्न समूहमा बस्ने, मनमा लागेका कुरा अरुसँग साट्ने, तालिका बनाएर काम गर्ने, सिर्जनात्मक कुरामा ध्यान दिने, योग गर्ने, व्यायाम गर्ने, खेल्ने, पढ्ने, आफूलाई मन लागेको कुरा गर्न मनोविद्ले सुझाव दिएका छन् । 

अन्तिम अपडेट: कात्तिक २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया