ललितपुर महानगरपालिकाद्वारा एन्फाकाे हाेस्टेल निरीक्षण

 बैशाख ५, २०७७ शुक्रबार १०:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को होस्टेलको निरीक्षण गरेको छ ।

कोरोना भाइरस (काेभिड १९) को महामारीका कारण क्वरेण्टीनस्थल बनाउने सम्भावित ठाउँहरुको अनुगमन गर्ने क्रममा महानगरपालिकाले सातदोबाटाेमा रहेकाे एन्फा कम्प्लेक्समा रहेको होस्टेल निरीक्षण गरेको हो । होस्टेलका १४ कोठा क्वरेण्टीनका रुपमा प्रयोग गर्न मिल्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनुभयाे ।

अहिलेको महामारीका बेला एन्फा सहयोग गर्न तयार रहेको अध्यक्ष शेर्पाले बताउनुभयाे । एन्फाको होस्टेलमा सबै सुविधा भएकाले क्वरेण्टीनका लागि उपयुक्त हुने बताउँदै अध्यक्ष शेर्पाले प्रयोग गर्ने या नगर्ने निर्णय गर्ने अधिकार भने ललितपुर महानगरपालिकालाई रहेको जानकारी दिनुभयाे । 

यसअघि एन्फाले ललितपुर महानगरपालिकालाई एम्बुलेन्स पनि हस्तान्तरण गरेको थियो । कोरोना भाइरसका कारण नेपालमा अहिलेसम्म १६ जना सङ्क्रमित फेला परेका छन् । जसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने १५ जनाकाे देशका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया