भारतमा सार्वजनिक ठाउँमा 'थुक्न' प्रतिबन्ध

 वैशाख ५, २०७७ शुक्रबार ११:२०:२८ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – भारतको गृह मन्त्रालयले सार्वजनिक ठाउँमा थुक्न प्रतिबन्ध लगाएको छ । सार्वजनिक ठाउँमा थुक्दा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिने खतरा रहेको भन्दै मन्त्रालयले प्रतिबन्ध लगाएको हो । 

यद्यपि यो आदेश आउनुभन्दा धेरै पहिले नै विभिन्न शहरको नगरपालिकाहरुले कानुन बनाएर यसमा प्रतिबन्ध लगाएको थिए । तर त्यो कानुन लागू हुने सकेको थिएन र मानिसहरुले गम्भीर रुपमा पनि लिएका थिएनन् । अब गृह मन्त्रालयले केन्द्रीय अधिनियम अनुसार यसमा प्रतिबन्ध लगाएको हो । 

अब गृह मन्त्रालयले लगाएको प्रतिबन्धको असर देखिने बताइएको छ । 

कैयौँ राज्यले सार्वजनिक ठाउँमा थुक्नेलाई जरिबाना पनि तोकेको छ । मुम्बईमा केही व्यक्तिले सार्वजनिक ठाउँमा थुके एक हजार भारतीय रुपैयाँ जरिबाना तिराइने गरिएको छ । राजधानी दिल्लीमा यसको लागि दुई हजार भारु जरिबाना तोकिएको छ । 

भारतमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म चार सयभन्दा धेरैकाे ज्यान गएकाे छ भने १३ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया