कोरोनालाई जितेर घर फर्किएकी युवतीको सुझाव– ‘नआत्तिनुस्, सजग भएर उपचार गर्दा निको हुन्छ’

 वैशाख ६, २०७७ शनिबार १८:१२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) लाई जितेर काठमाण्डौकी १९ वर्षीया किशोरी घर फर्किनुभएको छिन् । घर फर्किँदै गर्दा उहाँले कोरोना भाइरसको सङ्क्रमण हुँदा डर लाग्ने भए पनि नआत्तिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रोग भन्नेबितिकै हामी सबै आत्तिन्छौँ तर नआत्तिनुस्, सजग भएर उपचार गराइयो भने कोरोनाको सङ्क्रमण निको हुन्छ ।ʼ

उहाँलाई गएको चैत ९ गते टेकु अस्पतालमा भर्ना गरिएको थियो । विदेशबाट फर्किएकाले आफू अस्पतालमा परीक्षणका लागि पुगेको उहाँले बताउनुभयो । ‘अस्पताल आउँदा त्यति धेरै असजिलो भएको थिएन, थाेरै असजिलो महसुस भएर परीक्षण गराउन टेकु अस्पताल गएको थिएँ, पोजेटिभ देखियो अनि अस्पतालमा भर्ना भएँʼ, उहाँले भन्नुभयो । 

समयमा नै अस्पताल भर्ना भएकाले रोगलाई जित्न सकेको उहाँको भनाइ छ । उहाँले आफ्नो उपचारमा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीले राम्रो व्यवहार देखाएको पनि बताउनुभयो । सङ्क्रमणका क्रममा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीको आत्मीय व्यवहारले आफ्नो आत्मबल बढेको उहाँको भनाइ थियो । 

अस्पतालमा आफूलाई एक्लोपनको महसुस हुन नपाएको भन्दै उहाँले उपचारका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो । 

२७ दिनपछि अस्पतालबाट निस्कँदै गर्दा उहाँलाई फूल दिएर बिदाइ गरिएको थियो । गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै उहाँ काठमाण्डौ आउनुभएको थियो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया