यूरोपेली लिगहरु फेरि सञ्चालन गर्ने विषयमा आज सबै सदस्य राष्ट्रहरुको बैठक बस्दै

 बैशाख ९, २०७७ मंगलबार ९:३५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - यूरोपेली फुटबल महासंघ यूईफएले यूरोपेली लिगहरु फेरि सञ्चालन गर्ने विषयमा आज ५५ वटै सदस्य राष्ट्रहरुसँग बैठक बस्दैछ । 

भिडियो कन्फ्रेन्समार्फत हुने यो बैठकको मुख्य एजेन्डा सदस्य राष्ट्रहरुमा रोकिएको लिग कसरी सकाउने भन्ने रहनेछ । त्यस बाहेक यूईएफएको दुई वटा ठूला प्रतियोगिता च्याम्पियन्स लिग र यूरोपा लिगको सञ्चालनको विषय अझ महत्वपूर्ण रहनेछ । 

यूईफएले च्याम्पियन्स लिग र यूरोपा लिगलाई एउटा लेगमा नकआउट खेलाएर एक साताभित्र प्रतियोगिता सकाउने विकल्प अघि सारेको छ । 
दुवै प्रतियोगिताका क्वार्टर फाइनलदेखिका खेल बाँकी छन् ।

यूरोपेली फुटबल महासंघले बाँकी रहेको खेल तालिका परिमार्जनका लागि दुई वटा समिति बनाएर काम गरिरहेको छ । मे महिनाको दोस्रो सातादेखि यूरोपका फुटबल लिगहरु सञ्चालन गराउने तयारी रहेको छ । 

जर्मनी र डेनमार्क अर्को महिनादेखि लिग फेरि सञ्चालन गराउन सकारात्मक देखिएका छन् । तर, अन्य देशका फुटबल संघले भने यो मितिमा लिग सञ्चालन गर्न सम्भव नभएको बताएका छन् । 

अहिले इटाली, स्पेन र इंग्ल्याडमा सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ । त्यहाँको फुटबल संघहरुले मे महिनामा फुटबल सञ्चालन गर्न नसकिने बताइसकेका छन् ।

यो बैठकपछि यूईएफएको कार्यसमिति बैठक पनि बिहीबार बस्नेछ । यो बठकले महिला यूरोपेली च्याम्पियनसिप, नेसन्स लिग र यूरो कप आयोजनाको विषयमा निर्णय गर्नेछ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया