नेपालमा आज एकैदिन ११ जनामा कोरोनाको सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२ पुग्यो

 वैशाख ९, २०७७ मंगलबार १८:५९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उदयपुरमा  थप ११ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।

काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन जना र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । 

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका बासिन्दामा जाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । 

उदयपुरमा मात्रै २४ जना सङ्क्रमित भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि कोरोना सङ्क्रमण देखिएपछि मस्जिद वरपरका मानिसको नमुना परीक्षण गर्दा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमितमध्ये पाँच जना उपचारपछि घर फर्किसकेका छन् ।

यो पनि पढ्नुस्

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया