स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट बच्न अहिले देश नै लकडाउन छ । लकडाउनको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ ।
तर लकडाउन उल्लङ्घन गर्ने क्रम भने रोकिएको छैन । बुधबार बिहानै काठमाण्डौ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ८१ जनालाई प्रहरीले कारबाही स्वरुप ‘होल्ड’ गरेको छ । बिहान ७ बजेसम्ममा काठमाण्डौबाट ५६ र ललितपुरबाट २५ जना गरि ८१ जनालाई होल्ड गरिएको प्रहरीेले जनाएको छ ।
यस्तै ६८ वटा मोटरसाइकलसहित ७० वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यावश्यक कामबाहेकका लागि गाडी चलाएको पाइए प्रहरीले बेलुकीमात्रै छाड्ने गरेको छ । यस्तै लकडाउन उल्लङ्घन गरी हिँड्नेलाई सम्झाइ बुझाइ घर फर्काउने गरिएको प्रहरीले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउनको विकल्प नभएकोले यसको पूर्णरुपमा पालना गर्न सरकारले आग्रह गर्दै आइरहेको छ । सरकारले आउँदाे वैशाख १५ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।