बार्सिलाेनाले घरेलु रङ्गशाला 'क्याम्प नाउ'काे नाम बेच्ने

 बैशाख १०, २०७७ बुधबार ८:५८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बार्सिलोनाले क्याम्प नोउको नाम बेच्ने भएको छ । क्याम्प नोउको नामाकरण अधिकार बेचेर आएको रकम क्लबले कोरोना भाइरस (काेभिड १९) विरुद्धको लडाइँमा खर्च गर्ने जनाएको छ ।

बार्सिलोनाले पहिलो पटक यो निर्णय गरेको हो । सन् १९५७ मा बनेको नोउ क्याम्पको नाम अहिलेसम्म बेचिएको थिएन । सन् २०२०–२१ सिजनमा प्रायोजक खोज्नका लागि क्लबले बार्सा फाउण्डेशनलाई अधिकार दिएको छ ।

‘प्रायोजनबाट उठेको रकम अनुसन्धान परियोजना र कोरोना भाइरसको विश्वव्यापी लडाइँमा प्रयोग गरिनेछ । ‘बार्सिलोना क्लब र बार्सा फाउण्डेशनले मानवीय सङ्कटका बेला सबै स्राेत र साधन जुटाउन आवश्यक देखेको छ,’ बार्सिलोनाले विज्ञप्तिमा लेखेको छ ।

कोरोना भाइरसका कारण स्पेनमा २० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । बार्सिलोनाले जर्सीमा पनि सन् २०१० देखिमात्र प्रायोजक राख्न सुरु गरेको हो । तर सन् २००६ देखि युनिसेफको लाेगो राख्न थालेको थियो । युनिसेफसँगको सहकार्य च्यारिटीका लागि थियो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया