महिला युराे कप अब सन् २०२२ काे जुलाईमा

 बैशाख १०, २०७७ बुधबार १२:३९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महिला युरो कप एक वर्षपछि सरेको छ । युरोपेली फुटबल महासङ्घको नियमित क्यालेण्डर अनुसार महिला युरो कप सन् २०२१ को जुलाई महिनामा हुनुपर्ने थियो ।

कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण फुटबलका क्यालेण्डर अस्तव्यस्त बनेको अवस्थामा युईएफएले यो निर्णय गरेको हो ।

युरोपेली देशका महिला फुटबल टिमको मुख्य प्रतियोगिता युरो कप अब सन् २०२२ को जुलाई ३ देखि ३१ तरिखसम्म हुनेछ । 

महिला युरो कप सार्नुको मुख्य कारण टोकियो ओलम्पिक पनि हो । सन् २०२१ मा हुने टोकियो ओलम्पिकमा इङ्ग्ल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन छनोट भएका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया