७६ जना विद्यार्थी लिएर काठमाण्डौबाट उड्यो श्रीलङ्कन एअर

 वैशाख १२, २०७७ शुक्रबार १२:१४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रीलङ्काले नेपालमा रहेका आफ्ना विद्यार्थीलाई स्वदेश फर्काएको छ । नेपालमा रहेका ७६ जना विद्यार्थी बोकेर श्रीलङ्कन एअरको जहाज कोलम्बोतर्फ लागेको जेनिथ ट्राभलका म्यानेजर दिपक मैनालीले जानकारी दिनुभयो । 

जेनिथ ट्राभल्स श्रीलङ्कन एअरको नेपालको लागि जनरल सेल्स एजेन्ट (जीएसए) हो । आफूहरुले नै यहाँको दूतावास र नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर ७६ जना विद्यार्थीलाई श्रीलङ्का पठाएको म्यानेजर मैनालीले बताउनुभयो । 

चीनको वुहान शहरबाट आफ्ना विद्यार्थी स्वदेश फिर्ता गरेको श्रीलङ्काले कोरोनाको महामारी फैलिएका अरु देशबाट पनि विद्यार्थी फिर्ता लगिरहेको छ । 

यसअघि श्रीलङ्काले मङ्गलबार पाकिस्तानको लाहोर र कराँचीबाट एक सय १३ जना विद्यार्थीलाई स्वदेश लगेको छ । बिहीबार भारतको अमृतसरबाट एक सय एक जना श्रीलङ्कन विद्यार्थी आफ्नो देश फर्केका छन् ।

शुक्रबार भारतको र कोयम्बटुर शहरबाट एक सय १७ जना र नेपालबाट ९३ जना श्रीलङ्कन विद्यार्थी स्वदेश लगिएको श्रीलङ्काले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया