स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्म उडानहरु बन्द थिए । समन्वय समितिले उडानहरु बन्द गर्ने निर्णय गरे पनि लकडाउनको विषयमा भने केही निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो ।
लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समीक्षा भए पनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको उहाँले बताउनुभयो । लकडाउनको विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सचिव बिडारीले बताउनुभयो ।
प्रदेशहरुलाई समन्वय गर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समीक्षा भएको छ । लकडाउनको प्रभावकारिता, कार्य सफलताका विषयमा समीक्षा भएको सचिव बिडारीले बताउनुभयो ।
सचिव बिडारीले अहिलेको अवस्थामा औषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज रहेको बताउनुभयो । स्वास्थ्य सामग्री चाहिएको ठाउँमा सजिलै पुर्याउन सकिने अवस्थामा सरकार रहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।