फिफा फुटसलको नयाँ वरीयता : नेपाल एक सय ६३ औं स्थानमा

 वैशाख १५, २०७७ सोमबार ९:२८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - फिफाले सार्वजनिक गरेको फुटसलको नयाँ वरीयतामा नेपाल एक सय ६३ औं स्थानमा रहेको छ । 

फुटसलमा एशियाली प्रतियोगिता खेलेको नेपालको अन्तराष्ट्रिय प्रदर्शन पनि राम्रो रहेको छैन । यस्तैमा नेपालको बरियता एक सय ६३ औं स्थान रहेको हो । सन् २०१७ बाट औपचारिक रुपमा फुटसल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले इरानमा भएको एएफसी फुटसल च्याम्पियनशिप खेलेको थियो ।

नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग ६–०,उज्वेकिस्तानसँग ४–१ र अन्तिम खेलमा अफगानिस्तानसँग ६–२ गोल अन्तरले पराजय बेहोरेको थियो ।  तर सबै खेलमा नेपालले लज्जास्पद हार ब्यहोरेको थियो । फुटसलको विश्व वरीयतामा ब्राजिल शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा स्पेन छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया