याे सिजनकाे फुटबल सुरु गर्नुभन्दा नयाँ सिजनकाे तयारीमा लाग्न सुझाव

 बैशाख १७, २०७७ बुधबार ९:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व फुटबल महासङ्घ (फिफा) को मेडिकल कमिटीका प्रमुख डाक्टर मिचेल होगीले यो सिजनको फुटबल सुरु गर्नुभन्दा नयाँ सिजनको तयारीमा लाग्न उचित रहेको बताएका छन् ।

मिचेलले एउटा डाक्टरको नाताले कोरोना भाइरस (काेभिड १९) का कारण रोकिएको फुटबललाई सुरु गर्नेतिर ध्यान दिनको सट्टा सबै फुटबल सङ्घले अर्को सिजनका लागि ध्यान दिनु राम्रो हुने धारणा राखेका छन् । फिफा मेडिकल कमिटीका प्रमुख मिचेलले आगामी दिनमा फुटबल गतिविधि सुरु गर्नु घातक हरेको बताएका छन् ।

उनले फिफालाई पनि यही सुझाव दिएको बताएका छन । उनले अर्को सिजनलाई राम्रोसँग सुरुवात गराउनका लागि बरु तयारी गर्दा उचित रहने र त्यो नै सबैभन्दा उत्तम उपाय रहेको बताए ।

युरोपियन लिगहरुका विषयमा २५ मे मा अन्तिम निर्णय दिन युरोपियन फुटबल महासङ्घले निर्देशन दिइसकेको छ । मिचेलले यो सिजन सुरु गर्नु सोचेको भन्दा ठूलो चुनौती रहेको बताएका छन् । यदि कारणवश फेरि भाइरसले प्रकाेपका रुप लियाे भने दुखद बाहेक अरु केही नहुने बताए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया