अहिलेसम्म बाँचिएकै छ, अब के हुन्छ थाहा छैन

 वैशाख १७, २०७७ बुधबार १६:४८:१४ | मेरो कथा मेरो भोगाई

दानुराम गिरी / बाग्लुङ, हाल मलेसिया ।

उफ यो जिन्दगी ! म कसरी बयान गरौं  ? केही भन्न मन गर्दैन । किन डर लाग्छ, आफैलाई थाहा छैन । कहिलेकाहीँ  कति चिन्ता लिनु जस्तो लाग्छ । कहिलेकाहीँ स्वदेश फर्किन पाउँछु कि पाउँदिन भनेर सोचिरहन्छु । 

सायद जिन्दगीमा मसँग कष्ट दिनुलिनु बाहेक अरु केही छैन रहेछ । जे होस्, मेरो भाग्यमा यस्तै रहेछ भनेर कहिलेकाहीँ भाग्यलाई दोष दिन्छु । परदेशमा  अनेक समस्या छन् । भन्ने अवस्थामा भएको भए भनिदिन्थें । कसैले मेरो अवस्था सोधे पनि लाग्छ, उसले आगोमा तेल खन्याउँदैछ । 

म विगत आठ वर्षदेखि मलेसियामा छु । वैदेशिक रोजगारीको लागि बाहिरिएका अनेकौं श्रमिक सरह म पनि आजभन्दा आठ वर्ष पहिले नेपालबाट काम गर्ने भनेर मलेसिया आइपुगेको थिएँ ।

यहाँको अवस्था पहिलेको भन्दा केही सहज भए पनि पछिल्लो समय कोरोनाले गर्दा झनै कठिन अवस्थामा छ । भाग्यमानी भनौं या संयोग, हालसम्म तीनजना नेपालीलाई बाहेक अरुलाई सङ्क्रमण भएको छैन । म काम गर्ने कम्पनीमा झण्डै तीन, चारसय जना श्रमिकहरु छौं । विगत केही दिनदेखि कन्टेनरको डिग्गीमा बसेर दिन बिताइरहेका छौं ।

अहिलेसम्म ज्यान त बाँचेको छ, तर अब के हुन्छ थाहा छैन । अहिले कम्पनीको काम पनि बन्द छ । गएक‍ो मार्च महिनामा केही समय काम गरेका थियौं र अहिलेसम्म खाना खानको लागि समस्या परेको छैन ।

अब यो महिना कम्पनीले काम गरे पैसा दिने नगरे नदिने भन्छ, तर काममा भने बोलाउँदैन । आफ्नो प्रोजेक्ट जसरी पनि केही मानिसलाई लिएर सम्पन्न गर्ने गरेको छ । काम पनि नदिने, यदि फर्किन खोजे पनि नपाइने ।

काम गर्नेहरु खुशीले उफ्रिनु र काम नपाएमा भोकै पर्ने भन्दा अर्को विकल्प देखिंदैन । अबका दिन निकै कष्टकर हुँदै जानेछन् । अहिलेलाई यति मात्रै भनौं । झन् अफ्ठ्यारो पर्न सक्ने संकेत देखिंदैछ ।

 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया