भोजपुरको कावाखोलामा पक्की पुल निर्माण
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - मेडिकल सामग्री ल्याउन हिमालय एअरलाइन्सको जहाज चीनको चाङशा उडेको छ ।
अघिल्लो आइतबार मात्रै चीनको ग्वान्झाउबाट मेडिकल सामग्री लिएर आएको हिमालयन एअरलाइन्ले एक हप्तामै चीनको लागि दोस्रो उडान गरेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणबाट सबै प्रक्रिया पुरा गरेर जहाज चीन गएको एअरलाइन्सले जनाएको छ ।
बिहीबार पौने ६ बजे चाङशाको लागि उडेको जहाज राति १२ बजेर ५ मिनेटमा चाङ्शामा रहेको हुवान घुवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । विमानले शुक्रबार बिहान ४ बजे माचाङ्शाबाट मेडिकल आपूर्तिसहित उडान भरेर बिहान ६ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।
जहाज नेपालको निजी क्षेत्रले चार्टड गरेको हो । ‘हामीले हाम्रो पछिल्लो ग्वान्झाउको कार्गो उडान सफलतापूर्वक सञ्चालन गरेका छौं र चाङ्शाहाम्रो उडान स्थलहरू मध्ये एक भएको कारण यो दोस्रो कार्गो उडानको लागितयारी गर्न हामीलाई अपेक्षाकृत सजिलो भयो, यी हवाई पुलहरूमार्फत महामारीको विरूद्ध लडाईं जित्न र राष्ट्रको आपूर्ति श्रृंखला बगिरहन निश्चित गर्न अत्यावश्यक मेडिकल सामाग्री ल्याउन हामी तयार छौँ ’, एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो ।
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापना भएको हिमालय एअरलाइन्स्, ४ वटा जहाज छन् । यसले १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ ।
अहिले हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग, गुइयाडं, चाङशा, शेन्जेङ्ग र छोड्ंछिड्ंमा उडान गर्दै आएको छ । साउदी अरेबियाको दमाममा सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एयरलाइन्स् एक मात्र एयरलाइन्स हो ।
हिमालय एअरलाइन्स हाल चीनमा उडान गर्ने पनि एक मात्र नेपाली एयरलाइन्स हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।