पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकार...
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – सात महिनामा दुई खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि माघसम्मको सात महिनाको अवधिमा दुई खर्ब तीन अर्ब रुपैयाँबराबरको कृषिजन्य वस्तु आयात भएको हो ।
यस अवधिमा ३६ अर्ब ३५ करोड रुपैयाँ बराबरको धान, चामल, गहुँ र मकै आयात भएको छ । चामलमात्रै १० अर्ब ५८ करोड रुपैयाँको आयात भएको विभागको तथ्याङ्क छ । यस्तै १४ अर्ब ५१ करोड रुपैयाँको धान र नौ अर्ब ५ करोड रुपैयाँको मकै आयात भएको छ ।
विभागको तथ्याङ्कअनुसार सात महिनामा पाँच अर्ब ४८ करोड रुपैयाँको आलु, दुई अर्ब १३ करोड रुपैयाँको प्याज, छ अर्ब ८१ करोड रुपैयाँको लसुन, २५ अर्ब रुपैयाँको तरकारी, तीन अर्ब ९७ करोड रुपैयाँको दाल, १२ अर्ब ३२ करोड रुपैयाँको फलफूल, १६ अर्ब ४२ करोड रुपैयाँको कृषिजन्य औद्योगिक कच्चा पदार्थ, पाँच अर्ब ४९ करोड रुपैयाँको चिया, कफी, दुई अर्ब ६१ करोड रुपैयाँको चिनी तथा चिनीजन्य कन्फेक्सनरी, ९० करोड ८४ लाख रुपैयाँको डेरीजन्य पदार्थ आयात भएको छ । नेपालबाट निर्यात नभएका र नेपालमा नै उत्पादन हुनसक्ने कृषिजन्य वस्तुहरू पनि ठूलो मात्रामा आयात भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।