विश्वमा कोरोना सङ्क्रमितमध्ये १० लाखभन्दा धेरै उपचारपछि निको

 बैशाख १८, २०७७ बिहिबार २०:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वमा कोरोना सङ्क्रमितमध्ये १० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् । 

अहिलेसम्म १० लाख १६ हजार ४ सय १९ जना उपचारपछि निको भएका छन् । यस्तै ३२ लाख ४४ हजार ५ सय ८६ सङ्क्रमितमध्ये २ लाख २९ हजार १ सय ८२ जनाको भने ज्यान गएको छ ।

अमेरिकामा सबैभन्दा धेरैलाई कोरोनाको सङ्क्रमण भएको छ । त्यहाँ अहिलेसम्म १० लाख ६४ हजारभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएको छ । यस्तै सङ्क्रमितमध्ये ६१ हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकापछि स्पेनमा सङ्क्रमितको संख्या धेरै छ । 

स्पेनमा २ लाख ३९ हजारभन्दा धेरै सङ्क्रमित छन् भने २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया